शुक्रबार, भाद्र २६ गते २०८३
images

एलपी ग्यास अभावको हल्ला निराधार:नेपाल आल निगयम

एक्सप्रेस पाना
माघ २१, २०८२ बुधबार
  • 131
    SHARES
  • एलपी ग्यास अभावको हल्ला निराधार:नेपाल आल निगयम

    काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यास अभाव भएको भन्ने हल्ला निराधार भएको जनाएको छ । निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पार्दै उपभोक्तालाई हल्लामा विश्वास नगर्न आग्रह गरेका छन् ।

    images

    बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको बताएका छन् ।

    उनका अनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट अर्थात् करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ । तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन (आईओसी) बाट आवश्यकताभन्दा बढी मात्रामा ग्यास लोडिङ भएको छ ।

    images

    लोडिङ विवरणअनुसार शनिबार ११८ बुलेट, सोमबार ११५ बुलेट र मंगलबार १३२ बुलेट एलपी ग्यास लोड गरिएको छ । तीमध्ये केही बुलेटहरू बाटोमै रहेका छन् भने केही नेपाल प्रवेश गर्ने क्रममा रहेका छन् ।

    निगमले उपभोक्तालाई अनावश्यक रूपमा एलपी ग्यास स्टक नगर्न अनुरोध गरेको छ । साथै, निर्वाचन अवधिभर पनि हालकै परिमाणमा ग्यास आपूर्ति निरन्तर जारी रहने स्पष्ट पारेको छ ।

  • सम्बन्धित विषय:

  • # एलपी ग्यास