काठमाडौँ । टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हराएको छ ।
बिहिबार चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको हो ।
१६२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालका लागि असिफ सेखले सर्बाधिक ५८ रन बनाए सन्दीप जोराले ४४ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।


