काठमाडौं । जारी आईसीसी टी–२० विश्वकपमा वेस्टइण्डिजले विजयी सुरुवात गरेको छ।
शनिबार भएको समूह ‘सी’ को खेलमा वेस्टइण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो । १८३ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १८.५ ओभरमै अलआउट हुँदै १४७ रन मात्र बनायो ।
स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले सर्वाधिक ४२ रन जोडे भने टम ब्रुसले ३५ रन र जर्ज मुन्सीले १९ रन बनाए।
स्कटल्याण्डलाई अलआउट गर्ने क्रममा रोमारियो शेफर्डले ह्याट्रिकसहित एक ओभरमा चार विकेट लिँदै कुल पाँच विकेट हात पारे।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइण्डिजले २० ओभरमा पाँच विकेट गुमाउँदै १८२ रन बनाएको थियो। वेस्टइण्डिजका लागि शिमरोन हेटमायरले सर्वाधिक ६४ रन बनाए भने ब्रान्डन किङले ३५ रन बनाए ।


