आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप:इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

एक्सप्रेस पाना
माघ २५, २०८२ आइतबार
  • 110
    SHARES
  • टी–२० विश्वकप:इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । 

    images

    आइतबार मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो । 

    इंग्ल्यान्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए ।

    images

    नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिएका थिए । इंग्ल्यान्डले टस जितेर ब्याटिङ पहिला रोजेको थियो ।

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप