काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसंग पराजित भएको छ ।
आइतबार भएको समुह 'सी' को खेलमा नेपाल इङल्याण्डसँग ४ रनले पराजित भएको हो ।
१८५ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३९ बनाए । त्यसैगरी लोकेश बमले ३९ रन जोडे ।
बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले दुई तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले एक–एक विकेट लिए ।
नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिएका थिए ।


