आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप:दुई सुपर ओभरमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

एक्सप्रेस पाना
माघ २८, २०८२ बुधबार
  • 136
    SHARES
  • टी–२० विश्वकप:दुई सुपर ओभरमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

    काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत बुधबार भएको समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

    images

    बुधबार भारतको नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले दुई सुपर ओभरमा अफगानिस्तानलाई पराजित गराउँदै रोमाञ्चक जित निकालेको हो ।

    पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ रन बनाउँदै खेल दोस्रो सुपर ओभरमा लगेको थियो।

    images

    दोस्रो सुपर ओभरमा पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले २४ रनको लक्ष्य दिएको थियो । २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दोस्रो सुपर ओभरमा १९ रन मात्र जोड्न सफल भयो ।

    समूहमा ’डी’मा रहेको दक्षिण अफ्रिकाको यो दोस्रो जित हुँदा अफगानिस्ताले भने लगातार दुई म्याच हारेको छ ।

    यसअघि अफगानिस्तान न्युजिल्याण्डसँग १० विकेटले नै पराजित भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप