आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप:नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दै

एक्सप्रेस पाना
माघ २९, २०८२ बिहीबार
  • 124
    SHARES
  • टी–२० विश्वकप:नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । 

    images

    समूह ‘सी’ अन्तर्गतको यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेदेखि सुरु हुनेछ ।

    जारी विश्वकपमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग रोमाञ्चक प्रतिस्पर्धा गर्दै ४ रनले पराजित भएको थियो । यस्तै, इटालीले आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनको फराकिलो हार बेहोरेको थियो । 

    images

    नेपाल आज इटालीविरुद्धको खेल जित्नै पर्ने दबाबमा छ, किनकि सुपर–८ मा स्थान सुरक्षित गर्न यो खेल निर्णायक बनेको छ। उता, पहिलो खेलमा पराजित भएको इटालीका लागि पनि आजको प्रतिस्पर्धा उस्तै महत्वपूर्ण र ‘गर या मर’को अवस्थामा पुगेको छ।

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप