आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप:इटालीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
माघ २९, २०८२ बिहीबार
  • 197
    SHARES
  • टी–२० विश्वकप:इटालीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गतको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ । 

    images

    बिहिबार मुम्बईस्थित वानखेडे स्टेडियम हुने खेलमा इटालीले टस जितेर नेपालविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । यो संगै नेपाल ब्याटिङ गर्दैछ । 

    नेपाल आज इटालीविरुद्धको खेल जित्नै पर्ने दबाबमा छ, किनकि सुपर–८ मा स्थान सुरक्षित गर्न यो खेल निर्णायक बनेको छ। उता, पहिलो खेलमा पराजित भएको इटालीका लागि पनि आजको प्रतिस्पर्धा उस्तै महत्वपूर्ण छ। 

    images

    633418746_1370017311821312_842590732860647239_n_8ad63fc8.jpg

    नेपालको प्लेइङ-११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ शेख, गुलशन झा, ललित राजबंशी, नन्दन यादव, करण केसी र सन्दीप लामिछाने रहेका छन् । 

     

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप