काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गतको दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।
बिहिबार मुम्बईस्थित वानखेडे स्टेडियम जारी खेलमा नेपालले १९.३ ओभरमा अलआउट हुदैँ १२३ रन बनाएको हो ।
आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।


