काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दैछ।
समूह ‘सी’ अन्तर्गतको यो खेल भारतस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ।
यसअघि नेपालले आफ्ना दुवै खेलमा हार व्यहोरेकाले आजको खेल उसको लागि महत्वपूर्ण बनेको छ। उता वेस्ट इण्डिजले लगातार दुई जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ।


