आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप:नेपालले वेस्ट इण्डिजलाई दियो १३४ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण ३, २०८२ आइतबार
  • 85
    SHARES
  • टी–२० विश्वकप:नेपालले वेस्ट इण्डिजलाई दियो १३४ रनको लक्ष्य

    काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले वेस्ट इण्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । 

    images

    समूह ‘सी’ अन्तर्गत भारतको वानखेडे स्टेडियममा जारी खेलमा नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हों । 

    दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै नेपालको लक्ष्य केही हदसम्म माथि उकासे । टी–२० विश्वकपमा उनी अर्धशतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि सुवास प्याकुरेलले अर्धशतक बनाएका थिए । दीपेन्द्र ४७ बलमा ५८ रन जोडेर आउट भए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे।

    images

    लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रन जोडे । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए । यो खेल दुबै टोलिका लागि महत्वपूर्ण छ । यसअघिका दुई खेल हारेको नेपाल आजको खेल हारेमा प्रतियोगिताको सुपर एटबाट एक खेल अगावै बाहिरिनेछ ।

     

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप