शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 284
    SHARES
  • टि-२० विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित

    कात्तिक १० काठमाडौं । पाकिस्तानले जारी आईसीसी टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ  । मंगलबार  राति भएको सुपर १२ को समूह 'बी'मा रहेको पाकिस्तानले न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

    images

    जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेटको क्षतिमै पूरा गर्‍याे । टस जितेर पहिला बलिङ रोजेको पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान दिए । शोएब मलिक २६ रनमा अविजित रहे ।

    न्यूजिल्यान्डका स्पिनर ईश सोधीले २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १/१ विकेट लिए ।

    images

    त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । न्यूजिल्यान्डका डेभन कन्वेले  सर्वाधिक २७ रन बनाए । कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगे ।

    पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले  सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १/१ विकेट लिए ।

    पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियो । सुपर १२ को समूह 'बी'मा पाकिस्तान २ खेलमा २  जित साथ ४ अंकसहित शीर्ष स्थानमा छ ।