शुक्रबार, भाद्र २६ गते २०८३
images

रोहित सम्मिलित पर्सिजाको दोस्रो हार

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 295
    SHARES
  • रोहित सम्मिलित पर्सिजाको दोस्रो हार

    कात्तिक १० काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले दोस्रो हार ब्यहोरेको छ । मंगलबार  राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिबाय सिराबयसंग १-० गोल अन्तरको हार ब्यहोरेको हो । 

    images

    पर्सिबायको जितमा जापानका खेलाडी ताईसाई मारिकायले खेलको २५औं मिनेटमा निर्णायक गोल गरे ।  साफ उपबिजेता भएपछी माल्दिभ्सबाट सिधै जाकर्ता पुगेका रोहितको यो पहिलो खेल हो । रोहितले पूरा समय खेलेका थिए । 

    उक्त हारपछि पर्सिजाले ९ खेलबाट १३ अंक बनाउदै तालिकाको सातौ स्थानमा छ । 

    images