काठमाडौं । इङ्ल्याण्डले पाकिस्तानलाई पराजित गर्दै टी–२० विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
सुपर आठ अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई २ विकेटले हराउँदै अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो।
१६५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले १९.१ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । इङ्ल्याण्डको लागी कप्तान ह्यारी ब्रुकले उत्कृष्ट शतकीय पारी खेले। विल ज्याक्सले २८ रन जोड्दा साम करनले १६ रनको योगदान दिए।
पाकिस्तानका लागी शाहिन शाह अफ्रिदीले ४ विकेट लिए भने उस्मान तारिकले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।


