काठमाडौँ । श्रीलंका जारी टी–२० विश्वकपबाट बाहिरिएको छ।
बुधबार भएको सुपर आठ अन्तर्गतको खेलमा न्यूजील्याण्डसँग ६१ रनले पराजित भएसँगै श्रीलंकाको विश्वकपको यात्रा टुंगिएको हो।
१६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो।
श्रीलंकाका लागि कमिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए भने दुनिथ वेल्लालागेले २९ रनको योगदान दिए। तर अन्य ब्याट्सम्यान चल्न नसक्दा टोली दबाबमा पर्यो ।
न्यूजील्याण्डका रचिन रविन्द्रले ४ विकेट लिँदै श्रीलंकाको ब्याटिङ लाइन ध्वस्त पारे भने माट हेनरीले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।


