शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : दक्षिण अफ्रिकाको पहिलो जित

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 212
    SHARES
  • टि-२० विश्वकप : दक्षिण अफ्रिकाको पहिलो जित

    एजेन्सी । जारी आइसिसी टि-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ। मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

    images

    वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। दक्षिण अफ्रिका एडन मारक्रम २६ बलमा २ चौका र ४ छक्कासहित ५१ रनमा अविजित रहे। रास्सी भान डेर दुसेन ५१ बलमा ३ चौकासहित ४४ रनमा अविजित रहे। ओपनर रिजा हेन्ड्रिक्स ३० बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए।

    बलिङतर्फ वेस्ट इन्डिजका आकेल होसैनले एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । वेस्टइन्डिजका ओपनर इभेन लुइसले ३५ बलमा ३ चौका र ६ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । कप्तान काइरन पोलार्ड २६,लेन्डल सिमोन्स १६ तथा निकोलस पुरन र क्रीस गेल १२/१२ रनमा आउट भए।

    images

    बलिङतर्फ दक्षिण अफ्रिका ड्वेन प्रिटोरियसले २ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । केशव महाराजले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्किया र कागिसो रबडाको नाममा एकएक विकेट रह्यो।

    पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।त्यस्तै वेस्ट इन्डिजको यो लगातार दोस्रो हार हो। वेस्ट इन्डिज पहिलो खेलमा ईङ्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो ।