शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता

एक्सप्रेस पाना
फाल्गुण १७, २०८२ आइतबार
  • 199
    SHARES
  • नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता

    काठमाडौं । नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

    images

    सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.ईन्द्रकुमार कट्टेलले हस्ताक्षर गरेका हुन् ।  

    सम्झौतापछि बैंकमा कार्यरत कर्मचारीको अवकाशसम्बन्धी उपदान एवम् अन्य रकमको व्यवस्था कोषले गर्ने भएको छ । हाल बैंकमा ३०० जना कर्मचारी कार्यरत रहेका छन् भने ८ जिल्लामा बैंकले प्रदेशस्तरीय कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष
  • # एक्सेल डेभलपमेन्ट बैंक