शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : आज पनि दुई खेल हुँदै

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 250
    SHARES
  • टि-२० विश्वकप : आज पनि दुई खेल हुँदै

    कात्तिक १० काठमाडौं । आईसीसी टि-२० विश्वकप क्रिकेटमा बुधबार दुई खेल हुँदै छन्। बुधबार विश्वकप अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

    images

    आबुधाबीमा हुने खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ । समूह-१ मा रहेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा छ ।

    बंगलादेश भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा बंगलादेशलाई श्रीलंकाले ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आबुधाबीमा हुने खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।

    images

    स्कटल्याण्ड बुधबार पहिलो जितमा खोजीमा हुनेछ । नामिबिया सुपर १२ मा सुखद् सुरुवात गर्न चाहन्छ ।