शुक्रबार, भाद्र २६ गते २०८३
images

मेयर कप भेट्रान्स फुटबल : आर्मी दोस्रो चरणमा

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 505
    SHARES
  • मेयर कप भेट्रान्स फुटबल  : आर्मी दोस्रो चरणमा

    कात्तिक १० काठमाडौं । नेपाल आर्मी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्रस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स डेभलपमेन्ट क्लबलाई ४–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो । 

    images

    समूह ए मा आर्मीको जितमा राजु तामाङले दुई तथा हर्कबहादुर गुरुङ र नवीन न्यौपानेले समान एक गोल गरे । फर्पिङ डेभलपमेन्टका निराज श्रेष्ठले इन्जुरी समयमा एक गोल फर्काएका थिए । आर्मीका राजु तामाङ ‘म्यान अफ दी म्याच’ भए । 

    जितसँगै आर्मीले दुई खेलबाट ६ अंक बनाएको छ । लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् । 

    images

    एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनु पर्नेछ। खेलको समयावधि ६० मिनेट (एक हाफ ३० मिनेट) को हुनेछ । खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ । 

    प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।