शुक्रबार, भाद्र २६ गते २०८३
images

अलमुताइरी थप ३ वर्ष नेपाली टोलीमा रहने पक्का

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 292
    SHARES
  • अलमुताइरी थप ३ वर्ष नेपाली टोलीमा रहने पक्का

    कात्तिक १० काठमाडौं । नेपाली राष्टिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थप ३ वर्ष नेपाली टोली सम्हाल्ने भएका छन्। 

    images

    आज अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार फुटबल एशोसियसन र अलमुताइरीबीच भएको छलफल पछि अलमुताइरी थप ३ वर्ष नेपाल रहने भएका हुन्। 

    अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुक मार्फत पोस्ट राख्दै आफू थप ३ वर्ष नेपाल रहने बताएका छन्। कतार फुटबल एसोशियसनलाई धन्यवाद दिँदै अलमुताइरीले आफू नेपाल फर्कने उल्लेख गरेका हुन्। आगामी २ वर्षका लागि आफ्ना योजनाहरु केही दिनमा सार्वजनिक गर्ने अलमुताइरीले उक्त पोस्टमा उल्लेख गरेका छन्।

    images

    सन् २०२१ को मार्चमा नेपाल आएका अलमुताइरीले नेपाललाई गत महिना साफ च्याम्पियनसिपको उपविजेता बनाएका थिए । नेपाल इतिहासमा पहिलो पटक साफको फाइनलमा पुगेको थियो । फाइनल अघि नै राजीनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका छन् । यद्यपि एन्फाले यस विषयमा कुनै पनि आधिकारिक धारणा राखेको छैन ।