शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता

एक्सप्रेस पाना
चैत्र ३, २०८२ मंगलबार
  • 107
    SHARES
  • नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता

    काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ । 

    images

    विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा।डा।राजीव श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

    सम्झौता पश्चात विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएका रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्नेछ । कोष ऐनअनुसार कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज तथा प्रतिफल शिक्षक तथा कर्मचारीको कोषमा रहेको खातामा जम्मा गर्नेलगायतका अतिरिक्त सुविधा कोषले उपलब्ध गराउनेछ । 

    images

    विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरूलाई कोषको नियमानुसार पाउने वा प्रदान गर्ने ऋण सापटी पनि कोषले प्रदान गर्नेछ । त्यसैगरी विद्यालयको सिफारिसमा सेवानिवृत शिक्षक, कर्मचारीलाई उपदान रकम कोषले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष
  • # काठमाडौं विश्वविद्यालय