शुक्रबार, भाद्र २६ गते २०८३
images

इंग्ल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई ८ विकेटले पराजित

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 236
    SHARES
  • इंग्ल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई ८ विकेटले पराजित

    कात्तिक १० काठमाडौं । जारी आईसीसी टि- विश्वकपमा इंग्ल्याण्डले लगातार दोस्रो जित निकालेको छ ।  बुधबार भएको समूह- १ को खेलमा  इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल संभावना बलियो बनाएको हो । 

    images

    जितका लागि १२५ रनको सामान्य विजयी लक्ष्य पाएको इंग्ल्यान्डले १४ ओभर १ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । इंग्ल्यान्डको जीतमा ओपनर जेसन रोयले सर्वाधिक ६१ रन बनाए । डेविड मलान २८ रनमा अविजित रहे ।बंगलादेशका शोरिफुल इस्लाम र नासुम अहमदले १-१ विकेट लिए ।

    आबुधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनायो । बंगलादेशका मुश्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए । कप्तान महमुदुल्लाह रियाद र नासुम अहमदले समान १९ रन जोडे । 

    images

    इंग्ल्यान्डका तीव्र गतिका बलर टाइमल मिल्सले सर्वाधिक ३ विकेट लिए । इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको थियो । 

    इंग्ल्यान्ड दुई खेलबाट ४ अंक बनाउँदै शीर्षस्थानमा रहेको छ । समान २ अंक भए पनि नेटरनरेटको आधारमा श्रीलंका दोस्रो, अस्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् । यस्तै, बंगलादेश पाँचौँ र वेस्टइन्डिज पुछारमा छन् । 

    यता, सुपर- १२ को समूह- २ मा पाकिस्तान दुई खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ ।