शुक्रबार, भाद्र २६ गते २०८३
images

उपमेयर कप राष्ट्रिय महिला लिग : धनकुटा, गोदावरी र गैँडाकोटको विजयी सुरुवात

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 366
    SHARES
  • उपमेयर कप राष्ट्रिय महिला लिग : धनकुटा, गोदावरी र गैँडाकोटको विजयी सुरुवात

    कात्तिक १० काठमाडौं । धनकुटा नगरपालिका, कैलालीको गोदावरी नगरपालिका र गैँडाकोट नगरपालिकाले उपत्यकामा जारी उपमेयर कप राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेका छन् । 

    images

    बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा तीनवटै टोलीले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् । 

    धनगढी उपमहानगरपालिकाले धनकुटा नगरपालिकालाई ५-० हरायो । यससँगै धनगढीले समूह 'एच'मा महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ । धनगढीको सहज जीतमा रेखा पौडेलले ह्याट्रिक गरिन् । त्यस्तै, चन्द्रा भण्डारी र सीमा रावलले समान १-१ गोल गरे ।

    images

    बुधबार सम्पन्न अन्य खेलमा गोदावरी नगरपालिकाले पोखरा महानगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्‍यो । जीतसँगै कैलालीको गोदावरीले समूह 'जी'बाट ३ अंक बनाउँदै दोस्रो चरणको संभावना बलियो बनायो । 

    यस्तै, अर्काे खेलमा गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई १-० ले हरायो । जीतसँगै समूह 'एफ'बाट महत्त्वपूर्ण ३ अंक जोड्दै अर्काे चरण नजिक रह्यो । 

    बिहीबार पहिलो खेल बिहान ९ बजे समूह ‘इ’अन्तर्गत सिमकोट गाउँपालिका र काठमाडौं महानगरपालिकाबीच हुनेछ । सो खेल प्रतियोगिताको दोस्रो दिन हुनुपर्ने तालिका रहे पनि प्राविधिक कारणले रोकिएपछि खेल ११ गतेका लागि सारिएको थियो ।

    यसअघि काठमाडौं महानगरपालिकाले समूहको पहिलो खेलमा इलामको रोङ गाउँपालिकासँग बराबरी खेल्दै अंक बाँडेको थियो । दिउँसो १२ बजे समूह ‘आई’अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका र कंचनपुरको वेदकोट नगरपालिकाबीच हुनेछ ।  अन्तिम खेल दिउँसो ३ बजे धरान उपमहानगरपालिका र सुनकोसी गाउँपालिकाबीच हुनेछ ।