शुक्रबार, भाद्र २६ गते २०८३
images

रियल मड्रिड बराबरीमा रोकिँदा, बार्सिलोना पराजित

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 415
    SHARES
  • रियल मड्रिड बराबरीमा रोकिँदा, बार्सिलोना पराजित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा रियल ओसाुसनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

    images

    घरेलु मैदान सान्टियागोमा भएको खेलमा करिम बेन्जेमा, मार्काे एसेन्सियो, भिनिसिअस जुनियर जस्ता खेलाडी अग्रपंक्तिमा चुकेपछि रियलले सिजनमा तेस्रो बराबरी खेलेको हो । उक्त बराबरीसँग रियल १० खेलबाट २१ अंक सहित शीर्ष स्थानमा छ । यस्तै ओसासुना भने १९ अंक सहित तालिकाको छैटौ स्थानमा छ । 

    रातिकै खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० गोलले पराजित भएको थियो । रायोको जितमा राडामेल फाल्काओले खेलको ३० मिनेटमा निर्णायक गोल गरे । खेलको ७२औं मिनेटमा बार्सिलोनाका मेम्फिस डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । 

    images

    अन्य खेलमा १० खेलाडीमा सिमित मालोर्का र सेभियाले १-१को बराबरी तथा रियल बेटिसले भ्यालेन्सियालाई ४-१ गोल अन्तरले पराजित गर्‍याे ।