शुक्रबार, भाद्र २६ गते २०८३
images

बायर्नको लज्जास्पद हार 

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 317
    SHARES
  • बायर्नको लज्जास्पद हार 

    कात्तिक ११ काठमाडौं । जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले डिएफबी कपमा बोरुसिया मोन्चेनग्लाडबाकसँग लज्जास्पद हार व्यहोरेको छ । 

    images

    बुधबार राति भएको खेलमा बायर्न मोन्चेनग्लाडबाकसँग ५-० गोल अन्तरले पराजित भएको हो । बोरुसिया पार्कमा मान्चेनग्लाडबाकलाई जिताउन ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले समान २/२ तथा कउडियो कोनेले १ गोल गरे ।

    खेलको दोस्रो मिनेटमा नै कोउडियो कोनेले गोल गरे । यसपछि खेलको १५औं र २१औं मिनेटमा रामी बेन्सबाइनिको लगातार दुई गोल गर्दा घरेलु टोलीले ३-० को अग्रता बनायो । 

    images

    दोस्रो हाफको ५१औं र ५७औं मिनेटमा ब्रिल एम्बोलोले दुई गोल गर्दै टोलीको अग्रता ५-० को बनाए ।  हारसँगै बायर्न लगातार दोस्रो सिजन प्रतियोगिताको सुरुवाती चरणमानै बाहिरियो ।