शुक्रबार, भाद्र २६ गते २०८३
images

कांग्रेस तरुण विभागले गर्यो साफ उपविजेता नेपाली टोलीका खेलाडी नगदसहित सम्मानित

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 339
    SHARES
  • कांग्रेस तरुण विभागले गर्यो साफ उपविजेता नेपाली टोलीका खेलाडी नगदसहित सम्मानित

    कात्तिक ११ काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको छ । माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा उप–विजेता भएको नेपाली टोलीका सदस्य तथा अफिसियलहरुलाई बुधबार सत्तारुढ दल नेपाली कांग्रेसको तरुण विभागले नगदसहित सम्मान गरेको हो ।

    images

    खेलाडीहरुलाई गृहमन्त्री बालकृष्ण खाण, तरुण विभाग प्रमुख शंकर भण्डारीलगायतले सम्मान गरेका थिए । खेलाडीहरुलाई दिइएको नगदबारे भने खुलाइएको छैन । माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा नेपाली टोली पहिलो पटक फाइनल प्रवेश गरेको थियो ।

    फाइनलमा नेपाली टिम भारतसँग ३–० ले पराजित भएपछि उप विजेतामा सीमित भएको थियो । साफको २८ वर्षको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही पाँच लाख र प्रशिक्षक र तथा अफिसियललाई ३ लाख दिने निर्णय गरिसकेको छ ।

    images