शुक्रबार, भाद्र २६ गते २०८३
images

सिटी कारावाओ कपबाट बाहिरियो , लिभरपुरको जित

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 454
    SHARES
  • सिटी कारावाओ कपबाट बाहिरियो , लिभरपुरको जित

    एजेन्सी । इंग्लिस नकआउट फुटबल प्रतियोगिता कारावाओ कपको प्रि-क्वाटरफाइनलबाटै साविकको विजेता म्यानचेस्टर सिटी बाहिरिएको छ ।

    images

    बुधबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो । निर्धारित समयमा कुनै टमेलीबाट पनि गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो । जहाँ सिटीका फिल फोडेन गोल गर्न सकेनन् । 

    अन्य खेलमा लिभरपुलले च्याम्पियनसिप क्लब प्रिस्टनलाई उसकै मैदानमा २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ । यस्तै टोटेनहम हटस्परले बर्नलेलाई १-० ले पराजित गर्‍यो । 

    images

    अर्को खेलमा प्रिमियर लिग क्लब ब्रेन्टफर्डले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । यो सँगै कारवाओ कपको क्वाटरफाइन समीकरण पूरा भएको छ । क्वाटरफाइनल ‘ड्र’ आइतबार हुनेछ ।

    आर्सनल, चेल्सी, सन्डरल्यान्ड, लेस्टर, लिभरपुल, टोटेनहम, ब्रेन्टफर्ड र वेस्टह्यामले अन्तिम आठमा स्थान बनाएका छन् ।