शुक्रबार, भाद्र २६ गते २०८३
images

चौंथो विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन पाँचपोखरीमा हुने, विजेतालाई ५० हजार 

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 270
    SHARES
  • चौंथो विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन पाँचपोखरीमा हुने, विजेतालाई ५० हजार 

    कात्तिक ११ काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगको साविक भोताङ गाविसमा पर्ने पाँचपोखरी धार्मिक तथा पर्यटकीय हिसावले अत्यन्त महत्वपूर्ण छ । समुन्द्री सतहदेखि करिब ४१०० मि.को उचाइमा पर्ने यस स्थानमा पाँच वटा पोखरीहरु छन् । यो संसारकै उच्च स्थानमा रहेको पाखरीहरु मध्ये उचाइको हिसावले नवौं स्थानमा पर्दछ । 

    images

    बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका, खेलकुद विकास समितिको साझेदारी तथा नेपाल एथलेटिक्स संघको समन्वयमा पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २१ कि.मि.को दुरीमा पाँचपोखरी ट्रेल हाफ म्याराथन २०२१ यहि कार्तिक २७ गते आयोजना हुने भएको छ ।

    स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकूदु भन्ने मूल नाराका साथ स्वस्थ रहन खेलकूद कार्यक्रमा माध्यमबाट पाँचपोखरी लगायत यस स्थानमा रहेका पर्यटकीय क्षेत्रहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान हुने विश्वासको आयोजना हुन लागेको हो । यस चौंथो विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथनका विजेताले नगद ५० हजार प्राप्त गर्ने भएका छन् ।

    images

    आज बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजकले पुरुष तथा महिलातर्फका विजेतालाई नगद ५० हजार प्रप्त गर्ने जनाएको हो ।त्यसैगरी पुरुष तथा महिलातर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमश ३० हजार, २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

    यता सिन्धुपाल्चोक जिल्लाबाट सहभागी हुने खेलाडीहरु मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

    भेट्रान्सतर्फ शीर्ष तीन स्थान हात पार्ने धावकहरु क्रमश १० हजार, ८ हजार र ५ हजारबाट पुरस्कृत हुनेछन् । त्यस्तै उक्त प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र र मेडल उपलब्ध गराइने आयोजकले जानकारी गराएको छ । साथै सहभागी खेलाडीको लागि खाना र बस्नको व्यबस्थापन आयोजकले नै गर्ने बताएको छ । 

    यस प्रतियोगितामा तीन विभागीय टोली तथा अन्य व्यक्तिगत गरी करिब १ सय ५५ जनाले सहभागिता जनाउने छन् । आयोजकका अनुसार प्रतियोगिताका लागि करिब २१ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको छ ।

    पाँच पोखरी थाङपाल गाउँपालिका प्रमुख टासी लामाले यस प्रतियोगिताबाट पर्यटन प्रवद्र्धन गर्नका लागि सहयोग पुग्ने पनि बताए । यता बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले खेलाडीको सबै कुराको व्यवस्थापन आयोजकले गर्ने भएकाले इन्ट्री फि राखिएको बताए । भण्डारीले खेलकुदका लागि उपयुक्त स्थानको रुपमा सिन्धुपाल्चोक रोजिएको जनाए । यसले पर्यटन विकासमा समेत टेवा पुग्ने उनले उल्लेख गरे ।