शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपालको पोस्टमा ताजकिस्तानको आधा दर्जन गोल

एक्सप्रेस पाना
कार्तिक ११, २०७८ बिहीबार
  • 798
    SHARES
  • नेपालको पोस्टमा ताजकिस्तानको आधा दर्जन गोल

    कात्तिक ११ काठमाडौं । ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ ।  बिहीबार ताजकिस्तानको दुसन्वे  स्थित  सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो । 

    images

    घरेलु टोली ताजकिस्तानले नेपाललाई  सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा ताजकिस्तानले थप ३ गोल गर्‍यो । 

    यससँगै नेपाल एक खेलअघि नै एएफसी यू–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि नेपाल बलियो इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।  यता, ताजकिस्तानको भने प्रतियोगितामा दोस्रो जित हो । उसले अघिल्लो खेलमा लेबनानलाई १–० गोल अन्तरले पराजित गरेको थियो । 

    images

    यता, आजनै भएको समूह बी को खेलमा इरानले लेबनानलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै ताजकिस्तान समूह बी मा ६ अंकका साथ शीर्षस्थानमा छ । समान अंक भएपनि इरान गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।  अब, अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दा ताजकिस्तान र इरान समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।