बुधबार, श्रावण १३ गते २०८३
images
images

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा

एक्सप्रेस पाना
बैशाख २४, २०८३ बिहीबार
  • 136
    SHARES
  • डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा

    काठमाडौं । वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न तथा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

    साथै सुरक्षासम्बन्धी प्रहरीका सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न समेत अनुरोध गरिएको छ ।

    images

    राजमार्गको अवस्थाबारे थप जानकारी आवश्यक परेमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    रोशीखोलाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग ४ दिनदेखि अवरुद्ध थियो ।

  • सम्बन्धित विषय:

  • # बिपी राजमार्ग