बुधबार, श्रावण १३ गते २०८३
images
images

टर्किस एयरलाइन्सको विमानमा आगलागी

एक्सप्रेस पाना
बैशाख २८, २०८३ सोमबार
  • 97
    SHARES
  • टर्किस एयरलाइन्सको विमानमा आगलागी

    काठमाडौं । टर्किस एयरलाइन्सको इस्तानबुल–काठमाडौं उडान गर्ने विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आगलागी भएपछि आपत्कालीन उद्धार गरिएको छ ।

    images

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सोमबार बिहान करिब पौने ७ बजे इस्तानबुलबाट काठमाडौं आएको टिके७२६ उडानको चक्कामा अवतरण गर्ने क्रममा आगो लागेको थियो । आगलागी भएपछि विमान धावनमार्गमै रोकिएको थियो । त्यसपछि विमानस्थलको आपत्कालीन उद्धार टोली, दमकल र सुरक्षाकर्मी परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो । विमानमा रहेका यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको क्यानले जनाएको छ ।

    विमानमा चार बालबालिकासहित २७७ यात्रु सवार रहेका थिए । घटनामा सबै यात्रु सुरक्षित रहेका छन् । घटनापछि धावनमार्ग केही समय अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएको छन् । विशेषगरी ठूला अन्तर्राष्ट्रिय जहाजहरूको नियमित तालिका प्रभावित बनेको विमानस्थल स्रोतले जनाएको छ ।

    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आपत्कालीन प्रतिक्रिया टोली, दमकल सेवा र विमानस्थल सञ्चालन विभागको तीव्र समन्वय र सक्रियताका कारण ठूलो दुर्घटना टरेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # टर्किस एयरलाइन्स