एजेन्सी । पोर्चुगिच सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र स्पेनिस मोडल जर्जिना रोड्रिग्वेज ‘जुम्ल्याहा’ सन्तानको अभिभावक बन्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत रोनाल्डोले प्रेमिका रोड्रिग्वेज गर्भवती भएको जनाउँदै आफूहरू जुम्ल्याहा सन्तानको अभिभावक बन्न लागेको जनाएका हुन् ।
रोड्रिग्वेज हाल तीन महिनाको जुम्ल्याह बच्चाको गर्भवती रहेको उल्लेख गरिएको छ । विवाह नगरे पनि लिभिङ टुगेदरमा बसेका उनीहरू चार सन्तानका अभिभावक हुन् । चार वर्षयता ३६ वर्षीय रोनाल्डो र २७ वर्षीय जर्जिना सँगै छन् ।
रोनाल्डोका चार सन्तान छन् । जर्जिना छोरी एनालाकी आमा हुन् । क्रिस्टियानो जुनियर उनका जेठा छोरा हुन् । त्यस्तै, उनले सरोगेसीमार्फत् जुम्ल्याहा छोरी इभा र छोरा म्याटियोसमेत जन्माएका छन् ।


