काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार घटेको छ ।
आज बजार १०.०७ अंकले घटेर २७३०.१७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेर बन्द भए पनि कारोबार रकम भने सामान्य बढेको छ । बुधबार २ अर्ब ८० करोडको कारोबार भएको बजारमा आज ३ अर्ब २८ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ८० कम्पनीको सेयर मुल्य बढेको छ भने १७४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।



