शुक्रबार, भाद्र २६ गते २०८३
images

नापोलीको अपराजित यात्रा जारी 

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 372
    SHARES
  • नापोलीको अपराजित यात्रा जारी 

    एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीको अपराजित यात्रा जारी रहेको छ । लिगमा १०औं साताको खेलमा नापोलीले बोलोगनमाथि ३-० गोलको सहज जित निकालेको छ । 

    images

    बिहिवार राति घरेलु मैदानमा भएको खेलमा घरेलु टोली नापोलीको जितमा लोरेन्जो इन्सिग्ने २ तथा फेबियन रुइजले १ गोल गरे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको नापोलीले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो ।

    उक्त जितसँगै नापोली १० खेलबाट २८ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता पराजित बोलोगनको भने समान खेलबाट १२ अंकसहित १२औं स्थानमा रहेको छ । यता समान खेलबाट एसी मिलान २८ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै २१ अंकसहित इन्टर मिलान तेस्रो तथा १९ अंकसहित रोमा चौथो स्थानमा रहेको छ । 

    images