काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार २७.८५ अंकले बढेर २७८६.३५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै सोमबार कारोबार रकम पनि बढेको छ । शुक्रबार ४ अर्ब ४९ करोडको कारोबार भएको बजारमा सोमबार ५ अर्ब ९८ करोडको कारोबार भएको छ ।
त्यसैगरी सोमबार २३५ कम्पनीको सेयर मुल्य बढेको छ भने २८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।



