एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । बिहिवार राति भएको खेलम एटलेटिको मड्रिडलाई लेभान्टेले २-२ गोलको बराबरीमा रोकेको हो ।
खेलको १२औं मिनेटमा एन्टोनी ग्रीजम्यानको गोलमा सुरुवाती अग्रता लिएको एटलेटिकोले खेलको ३७औं मिनेटमा गोल खाएको थियो । लेभान्टेका लागि एनिस बार्धीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलको ७६औं मिनेटमा माथेअस कुन्हाले गोल गर्दै एटलेटिकोलाई २-१ को अग्रता दिलाएका थिए । त्यसपछि खेलमा ९०औं मिनेटमा लेभान्टेले पेनाल्टी पायो । पेनाल्टीलाई बार्धीले गोलमा परिणत गर्दै खेल २-२ को बराबरी गरेका थिए ।
उक्त बराबरीसँगै एटलेटिको १० खेलमा १९ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ । त्यस्तै लेभान्टेको भने ११ खेलमा ६ अंक रहेको छ र १९औं स्थानमा रहेको छ ।


