शुक्रबार, भाद्र २६ गते २०८३
images

ए डिभिजन लिग : उद्घाटनमा फ्रेण्ड्स र सातदोबाटो भिड्ने

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 345
    SHARES
  • ए डिभिजन लिग : उद्घाटनमा फ्रेण्ड्स र सातदोबाटो भिड्ने

    कात्तिक १२ काठमाडौं । आगामी २९ कात्तिकदेखि सुरू हुने ए डिभिजन लिगको उद्घाटन खेल फ्रेण्डस क्लब र  सातदोबाटो युथ क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सार्वजनिक गरेको तालिका अनुसार लिगको उद्घाटन खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

    images

    सिंगल राउन्ड रोबिनको आधारमा हुने लिगमा ९१ खेल खेलाइने छ । एन्फाले अन्तिम चार राउन्डका खेल हप्तामा दुई दिन मात्रै खेलाउने निर्णय गरेको छ । एक दिन चार खेल हुँदा अर्को दिन तीन खेल मात्रै हुनेछ । साविक विजेता मच्छिन्द्रले भने एनआरटीसँग खेल्दै लिगको सुरुवात गर्नेछ । 

    एन्फाले दशरथ रंगशाला र एन्फा मैदानमा सुरुवाती चरणका खेल खेलाउने छ । अन्तिम चरणका खेलहरू च्यासल मैदानमा खेलाउने निर्णय भएको लिग निर्देशक संजीव मिश्रले बताए । त्यस्तै उद्घाटन खेल फ्लड लाइटमा खेलाइने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले चार महिनासम्म चल्ने लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाउने घोषणा गरेको हो ।

    images