शुक्रबार, भाद्र २६ गते २०८३
images

हेटौँडा र वीरेन्द्रनगरको विजयी सुरुवात, गोकर्णेश्वर रोकियो

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 254
    SHARES
  • हेटौँडा र वीरेन्द्रनगरको विजयी सुरुवात, गोकर्णेश्वर रोकियो

    कात्तिक १२ काठमाडौं । मेयर कप महिला राष्ट्रिय लिग छनोट खेलमा हेटौँडा र वीरेन्द्रनगरले विजयी सुरुवात गर्दा गोकर्णेश्वर भने बराबरीमा रोकिएको छ ।  शुक्रबार एन्फा मैदानमा भएको खेलमा जीत निकाल्दै हेटौँडा उपमहानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाले प्रतियोगितामा सुरुवाती खेल जित्दा गोकर्णेश्वर नगरपालिका भने पहिलो खेलमै रोकिएको छ ।

    images

    शुक्रबारको पहिलो खेलमा हेटौँडा उपमहानगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै तुलसीपुरले सुखद सुरुवात गरेको हो । तुलसीपुरको जीतमा ममता पुन मगर र मेनुका आले मगरले १-१ गोल गरे ।  जीतसँगै समूह ‘एफ’को तुलसीपुरले ३ अंक जोडेको छ । हेटौँडाको लगातार दोस्रो हार हो । हेटौँडा प्रतियोगिताबाट समेत बाहिरिएको छ । 

    दिनको दोस्रो खेलमा समूह ‘जी’को पोखरा उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै वीरेन्द्रनगरले सुखद सुरुवात गरेको हो । वीरेन्द्रनगरको जीतमा सुमित्रा योन्जनले २ गोल गरिन् । यस्तै, सम्झना शर्मा र सुस्मिता तामाङले १-१ गोल गरे । पोखराकी झरना चाम्लिङ राईले १ गोल फर्काइन् । 

    images

    जीतसँगै समूह ‘जी’मा वीरेन्द्रनगरले ३ अंक जोडेको छ र नकआउट चरणमा पुग्ने संभावना बलियो बनाएको छ । लगातार दोस्रो हार बेहोरेको पोखरा भने बाहिरिएको छ । यस्तै, दिनको अन्तिम तथा तेस्रो खेलमा गोकर्णेश्वर नगरपालिका र धनगढी उपमहानगरपालिकाले बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोकर्णेश्वरकी शेरचन तामाङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर, चन्द्रा भण्डारीले दोस्रो हाफमा गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याएकी हुन् । 

    बराबरीसँगै समूह ‘एच’बाट गोकर्णेश्वरले एक खेलमा १ अंक जोडेको छ । धनगढीले दुई खेलमा ४ अंक जोडेको छ । यस समूहबाट गोकर्णेश्वर र धनगढीलाई दोस्रो चरणको मौका रहेको छ ।