शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : वेस्ट इन्डिजको पहिलो जित

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 561
    SHARES
  • टि-२० विश्वकप : वेस्ट इन्डिजको पहिलो जित

    एजेन्सी । बंगलोदेश लगातार दोस्रो खेलमा पराजित हुँदा वेस्ट इन्डिजले आईसीसी टि-२० विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।

    images

    सारजाहमा शुक्रबार भएको खेलमा बंगलादेशलाई तीन रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो । वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३९ रन बनायो । 

    बंगलादेशको जितमा टोन दासले सर्वाधिक ४४ रन बनाए । कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाए । वेस्ट इन्डिजका रबी रामपाल, ड्वाने ब्राभो, जासन होल्डर,आन्द्रे रसेल र अकिल होसेनले समान १–१  विकेट लिए ।

    images

    यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर १ सय ४२ रन बनायो । वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ४० रन बनाए । रोस्टन चेसले ३९ रन जोड्दा जासन होल्डरले अविजित १५ रन बनाए । बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले समान दुई विकेट लिए ।

    उक्त जितसँगै वेस्ट इन्डिजले तीन खेलमा दुई अंक जोडेको छ । समूह एकको वेस्ट इन्डिज पाँचौं स्थानमा रहेको छ । बंगलादेशले लगातार तेस्रो हार व्यहोरेको छ ।