शुक्रबार, भाद्र २६ गते २०८३
images

पीएसजीको पुनरागमन जित, मेस्सी अझै गोलविहीन

एक्सप्रेस पाना
कार्तिक १३, २०७८ शनिबार
  • 389
    SHARES
  • पीएसजीको पुनरागमन जित, मेस्सी अझै गोलविहीन

    एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पुनरागमन जित निकालेको छ  । शुक्रबार राति भएको खेलमा पीएजजीले साविकको विजेता लिलमाथि १-० गोलले पछि परेको स्थिति उल्टाउदै २-१ को पूनरागमन जित निकालेको हो ।

    images

    पीएसजीको जितमा अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट उपलब्ध गराए  । मार्किन्हसले एक गोल गरे । पहिलो हाफमा पछि परेको पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भएको हो ।

    खेलको ३१औं मिनेटमा लिलका जोनाथन डेभिडले गोल गर्दै भ्रमणमा रहेकाे लिललाई अग्रता दिलाए । दोस्रो हाफमा डि मारियाको पासमा ७४औं मिनेटमा मार्किन्हसले बराबरी गोल गरे ।

    images

    खेल सकिन २ मिनेट अघि नेयमारको पासमा डि मारियाले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए । खेलमा स्टार खेलाडी लिओनल मेस्सी जारी सिजनको लिग वानमा अझै गोल बिहीन बनेका छन् । उनले यो सिजन ५ खेल खेल्दा अझै गोल गर्न सकेका छैनन् ।

    उक्त जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीको १२ खेलबाट ३१ अंक पुगेको छ । यता पराजित लिल १५ अंक जोडेर ११औं स्थानमा रहेको छ ।