शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित

एक्सप्रेस पाना
कार्तिक १३, २०७८ शनिबार
  • 549
    SHARES
  • टि-२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित

    एजेन्सी । पाकिस्तानले आईसीसी टि-२० विश्वकपमा लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको सुपर- १२ को समूह-२ को खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो ।

    images

    जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१ रनको योगदान दिए । आसिफ अली २५ रनमा अविजित रहे ।

    अफगानिस्तानका राशिद खानले ४ ओभरमा २ विकेट लिए । मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले समान १/१ विकेट लिए ।

    images

    यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन बनायो । अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३५ रनमा अविजित रहे । गुलबदीन नईब ३५ रनमा अविजित रहे ।

    पाकिस्तानका स्पिनर ईमाद वासिमले  २ विकेट लिए । शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १-१ विकेट लिए ।

    पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा  न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो । तेस्रो जितबाट ६ अंक बनाउदै समूह-२ मा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । तेस्रो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्रा सहज बनेको छ ।