शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रिमियर लिग : आज सात खेल हुँदै , रोनाल्डोविरुद्ध ह्यारी केन

एक्सप्रेस पाना
कार्तिक १३, २०७८ शनिबार
  • 547
    SHARES
  • प्रिमियर लिग : आज सात खेल हुँदै , रोनाल्डोविरुद्ध ह्यारी केन

    एजेन्सी । इंग्लिस प्रमियिर लिग फुटबलमा आज सात खेल हुदैछ । जसमा १४ टोली प्रतिस्पर्धामा रहेका छन् । आज राति हुने खेलमा ह्याबी वेट टोली म्यान्चेस्टर युनाइडेटले टोटनहमको सामना गर्दैछ । 

    images

    त्यस्तै लेस्टरसिटीले आर्सनलसँग खेल्दैछ । यी टोलीबीचको खेल ५:१५ मा सुरु हुनेछ । वार्टफोर्डले साउथह्यामटनसँग राति ७:४५ मा खेल्नेछ । लिभरपुलविरुद्ध ब्राइटन र न्यूक्यासल विरुद्ध चेल्सीबीचको खेल पनि राति ७:४५ मा सुरुहुनेछ ।

    यस्तै म्यान्चेस्टर सिटीविरुद्ध क्रिस्टल प्यालेस र बर्नली विरुद्ध ब्रेन्फोर्डबीचको खेलपनि ७:४५ बजे सुरु हुनेछ । टोटनहम र युनाइटेडबीचको खेल राति १०:१५ मा सुरु हुनेछ । यी दुई टोलीबीचको खेल रोमाञ्चक हुनेछ ।

    images

    गत सात लिभरपुलसँग ५-० को हार ब्योहोरेको युनाइटेडलाई आजको खेलमा जित निकाल्नु पर्ने दबाव छ । यता वेष्ट ह्यामसँग १-० ले हारेको टोटनहमका लागि पनि आजको खेलमा जित निकाल्नुपर्ने दबाव छ । आजको खेललाई क्रिस्टियानो रोनाल्ड विरुद्ध ह्यारी केनको प्रतिष्ठासँग जोडिएको छ । यी दुई टोलीबीचको खेल टोटनहमको घरेलु मैदानमा हुनेछ ।