शुक्रबार, भाद्र २६ गते २०८३
images

अल्मुताइरी आज नेपाल आउँदै

एक्सप्रेस पाना
कार्तिक १३, २०७८ शनिबार
  • 347
    SHARES
  • अल्मुताइरी आज नेपाल आउँदै

    कात्तिक १३ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिबार (आज) बेलुकी नेपाल आउँदैछन् । प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जाल फेसबूकमार्फत् शनबार आफू नेपाल आउने जानकारी दिएका हुन् ।

    images

    प्रशिक्षक अलमुताइरी आज राति ७:३० बजे नेपाल आईपुग्ने जनाएको छ।

    उनी कतार एयरको जहाजबाट नेपाल आउन लागेका हुन् । अल्मुतारी आगामी तीन वर्षसम्म नेपालमै बस्ने भएका छन् । गत बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलमा अल्मुताइरीले थप ३ वर्ष नेपालमा बसेर प्रशिक्षकको भूमिका निर्वाह गर्न सहमत भएका हुन् ।

    images

    कुवेतका फुटबल म्यानेजर अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । प्रो–लाइसेन्स प्राप्त अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए ।