शुक्रबार, भाद्र २६ गते २०८३
images

टि-२० विश्वकप : दक्षिण अफ्रिकाको रोमाञ्चक जित

एक्सप्रेस पाना
कार्तिक १३, २०७८ शनिबार
  • 399
    SHARES
  • टि-२० विश्वकप : दक्षिण अफ्रिकाको रोमाञ्चक जित

    कात्तिक १३ काठमाडौं । दक्षिण अफ्रिकाले आइसिसी टी- ट्वान्टी  विश्वकप क्रिकेटमा श्रीलंकामाथि चार विकेटको जित हात पारेको छ । जितको लागि १४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको हो ।

    images

    दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले सर्वाधिक ४६ रनको योगदान दिए ।  डेविड मिलर २३ रनमा अविजित रहे । श्रीलंका स्पिनर वानिन्दु हसरंगाले चार ओभरमा ह्याटि्रक सहित  २० रन खर्चेर तीन विकेट लिए । दुश्मन्था चामिराले दुई विकेट लिए ।

    यसअघि शारजाहमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १४२ रनमा अल आउट भएको थियो । श्रीलंकाका पाथुम निसांकाले सर्वाधिक ७२ रनको योगदान दिए । दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी, ड्वेन प्रिटियोरेसले समान तीन विकेट लिए ।

    images

    यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजलाई आठ विकेटले हराएको थियो ।