शुक्रबार, भाद्र २६ गते २०८३
images

ला लिगा : इल्चेलाई हराउँदै रियल शीर्ष स्थानमा

एक्सप्रेस पाना
कार्तिक १३, २०७८ शनिबार
  • 691
    SHARES
  • ला लिगा : इल्चेलाई हराउँदै रियल शीर्ष स्थानमा

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियलले इल्चेलाई उसैको घरेलु मैदानमा २-१ गोलले हराएको हो ।

    images

    रियलको जितमा दुवै गोल भिनिसियस जुनियरले गरे । इल्चेका पेरे मिलाले एक गोल फर्काए । खेलको २२औं मिनेटमा भिनिसियसले गोल गर्दै पहिलो हाफभरि रियललाई १-० गोलको अग्रता दिलाएका थिए । 

    त्यस्तै खेलको ६३औं मिनेटमा राउल गुल्टीले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा सीमित बनेको थियो । ७३औं मिनेटमा भिनिसियसले दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए । 

    images

    तर ८६औं मिनेटमा मिलाले गोल गर्दै इल्चेलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समय गोल नहुँदा रियलले २-१ गोलको जित निकाल्यो । 

    उक्त जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । उसले ११ खेलमा २४ अंक जोडेको छ । इल्चे भने १० अंकका साथ १५औं स्थानमा रहेको छ ।