शुक्रबार, भाद्र २६ गते २०८३
images

काठमाडौं आइपुगे अल्मुताइरी

एक्सप्रेस पाना
कार्तिक १३, २०७८ शनिबार
  • 571
    SHARES
  • काठमाडौं आइपुगे अल्मुताइरी

    कात्तिक १३ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै आज (शनिबार) नेपाल आइपुगेका छन् । 

    images

    १० कात्तिक (बुधबार) प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई  "मेन्सन" गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए । त्यसपछि अब्दुल्लाह आज अन्तरास्ट्रिय बिमानस्थल झरेका हुन् । अब्दुल्लाहलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरे । 

    'डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु', उनले लेखेका थिए । अब्दुल्लाहको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपबिजेतामा सिमित भएको थियो । फाइनल अघिनै राजिनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका थिए । त्यस यता उनी पहिलो पटक नेपाल झरेका हुन् । 

    images

    यद्यपि एन्फाले तीन वर्षको सम्झौता बारेमा हालसम्म  कुनै पनि आधिकारिक धारणा राखेको छैन ।