शुक्रबार, भाद्र २६ गते २०८३
images

रोनाल्डो चम्कँदा टोटेनहमको मैदानमा युनाइटेडको सानदार जित

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 489
    SHARES
  • रोनाल्डो चम्कँदा टोटेनहमको मैदानमा युनाइटेडको सानदार जित

    एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको एक गोल र एक असिस्टको मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले टोटेनहममाथि सहज जित निकालेको छ ।

    images

    शनिबार राति टोटेनहमको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली युनाइटेड ३-० गोलले विजयी भयो ।

    युनाइटेडको जितमा रोनाल्डो , काभानी र रासफोर्ड समान १/१ गोल गरे । खेलको ३९औं मिनेटमा रोनाल्डोले गोल गर्दै पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए ।

    images

    त्यस्तै खेलको ६४औं मिनेटमा पाहुना टोली युनाइटेडको लागि काभानीले गोल गरि खेलमा २-० गोलको अग्रता दिलाए । उनले रोनाल्डोको पासमा सानदार गोल गरेका हुन् । त्यसपछि खेलको ८६औं मिनेटमा रासफोर्डले गोल गरि युनाइटेडलाई ३-० गोलको सानदार जित दिलाए । उनी खेलको ७१औं मिनेटमा रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

    उक्त जितसँगै युनाइटेडले १० खेलबाट १७ अंक बनाएको छ । युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यता पराजित टोटेनहम समान खेलबाट १५ अंकसहित आठौं स्थानमा रहेको छ । 

    शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर सिटी क्रिस्टिल प्यालेससँग २-० ले स्तब्ध भयो । भने लिभरपुल ब्राइटन एण्ड होभ अल्बाइनसँग २-२ गोलको बराबरीमा रोकियो । यता शीर्षस्थानको चेल्सीले न्युक्यासललाई ३-० गोलले र आर्सनलले लेस्टरलाई २-० गोलले हरायो ।