शुक्रबार, भाद्र २६ गते २०८३
images

इंग्ल्याण्डकाे लगातार तेस्रो जित

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 288
    SHARES
  • इंग्ल्याण्डकाे लगातार तेस्रो जित

    कात्तिक १४ काठमाडौं । जारी आइसिसी टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्यान्डले लगातार तेस्रो जित हात पारेको छ ।

    images

    शनिबार  सुपर-१२ को समूह-१ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । जितका लागि १२६ रनको  लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेटको क्षतिमा १२६ रन बनायो ।

    इंग्ल्यान्डको जितमा ओपनर जस बटलर  ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए ।

    images

    यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अल आउट भयो । अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रनको योगदान दिए ।

    इंग्ल्यान्डका  क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

    इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो ।

    सुपर-१२ को समूह-१ मा इंग्ल्यान्डले ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ जित र १ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ।