शुक्रबार, भाद्र २६ गते २०८३
images

बुन्डेसलिगा : बायर्नको सानदार जित

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 358
    SHARES
  • बुन्डेसलिगा : बायर्नको सानदार जित

    एजेन्सी । जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनलाई उसैको घरेलु मैदानमा ५-२ गोलअन्तरले हराएको हो । 

    images

    पाहुना टोली बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा लेरियो साने, किङ्ग्सले कोमान र थोमस मुलरले एक/एक गोल गरे । बर्लिनका निको गिजेल्म्यान र जुलियन रेसर्नले एक/एक गोल गरे । 

    पहिलो हाफमा ३-१ गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफमा बर्लिनले एक गोल गर्दा बायर्नले दुई गोल थपेको थियो । 

    images

    उक्त जितसँगै शीर्ष स्थानको बायर्नले १० खेलमा २५ अङ्क जोडेको छ । यता पराजित बर्लिन भने १६ अङ्कका साथ छैटौँ स्थानमा छ ।