शुक्रबार, भाद्र २६ गते २०८३
images

सिटी घरेलु मैदानमै क्रिस्टलसँग २-० गोलले पराजित

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 332
    SHARES
  • सिटी घरेलु मैदानमै क्रिस्टलसँग २-० गोलले पराजित

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटी पाहुना टोली क्रिस्टल प्यालेससँग २-० गोलले पराजित भएको हो । 

    images

    क्रिस्टलको जितमा विल्फ्राइड जाहा र कनर गलाघेरले एक–एक गोल गरे । खेलको छैटौँ मिनेटमा जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा एमेरिक लापोर्टेले रातो कार्ड पाएपछि घरेलु टोली सिटी १० खेलाडीमा सीमित बनेको थियो । 

    त्यस्तै खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा गलाघेरले गोल गर्दै क्रिस्टललाई २-० गोलको सहज जित दिलाए । 

    images

    उक्तसँगै १३औं स्थानको क्रिस्टलले १० खेलमा १२ अङ्क जोडेको छ । यता पराजित सिटीको समान १० खेलबाट २० अंकसकित तेस्रो स्थानको रहेको छ ।